सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिए |
राजनीतिमार्च ११ काठमाडौं:– सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् ।भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले पद तथा गोपनियताको सपथ लिएका हुन् ।महरा शनिबारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् ।सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।