राष्ट्रपतिको लागि अहिले मतदान हुँदै ,परिणाम ३ बजे पछि सार्बजनिक हुने |

अन्य

राष्ट्रपतिको लागि अहिले मतदान हुँदै ,परिणाम ३ बजे पछि सार्बजनिक हुने |

मार्च १३ काठमाडौँ :-राष्ट्रपति चयनका लागि मतदान सूरु भएको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राष्ट्रपति चयनका लागि मतदान भईरहेको हो । विहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म सम्पन्न हुने र त्यस लगत्तै परिणाम सार्वजनिक गर्ने राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।राष्ट्रपतिमा एमालेकी विद्या भण्डारी र काँग्रेसकी कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएका छन् ।

बामगठबन्धन सहित अन्य साना दलहरुको समेत समर्थन पाएकाले राष्ट्रपतिमा भण्डारीनै दोहोरिने निश्चित छ । राष्ट्रपति निर्वाचनमा मतदानका लागि २ वटा केन्द्र राखिएको छ । संघीय संसद अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुका लागि एउटा मतदान केन्द्र र प्रदेशसभाका सांसदहरुका लागि अर्को छुट्टै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा संघीय संसद र प्रदेशसभाका गरी कूल ८ सय ८० जना मतदाताको ५० प्रतिशत मत पाउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले भने मतदान गर्न पाउने छैनन् ।

सपथग्रहण अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएकाले राष्ट्रिय सभाका ३ जना मनोनित सांसदहरुले मतदानमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेकोछ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...