प्रहरीलाई खबर नगरी आउदा घटना भयो चितवन प्रहरी ,ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागी काठमाडौँ लागे ।

अन्य

प्रहरीलाई खबर नगरी आउदा घटना भयो चितवन प्रहरी ,ज्ञानेन्द्र शाहीलाई थप उपचारको लागी काठमाडौँ लागे ।
सेप्टेम्बर २८ चितवन :-नेकपाका कार्यकर्ताको कुटाइबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा लगिएको छ ।चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले ज्ञानेन्द्र शाहीले खबर नगरी चितवन आएका कारण घटना भएको बताएका छन्। मल्लले चितवनमा थ्रेट छ भन्दा भन्दै पनि शाही जबरजस्ती चितवन आएको बताए । नेकपाका कार्यकर्ताले भरत पुरमा भ्रष्टचार विरोधी अभियन्ता शाहीलाई कुटपिट गरेका हुन्। ‘मैले पनि ज्ञानेन्द्र शाहीलाई चितवन नआउनुहोस् भनेको थिएँ, मल्लले भने’ अटेर गरेका कारण घटना भयो ।’उनले घटनास्थलमा तत्काल प्रहरी पुगेकाले थप क्षति नभएको दावी गरे। घटना का सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ। दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका छन् । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै ने’कपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...