प्रदेश नम्बर ४ को मुख्य मन्त्रि सहमति हुन सकेन,चुनावी प्रतिस्पर्धाबाट चुनिने |
राजनीतिफेब्रअरी ११ पोखरा :-प्रदेश ४ को मुख्यमन्त्री सहमतिमा चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ ।दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुनेछ |प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भए पनि प्रदेश ४ मा भने दुवैजना संस्थापन पक्षकै नेताबीच चुनाव हुन लागेको हो ।
सहमतिको सम्भावना नरहेकाले निर्वाचनबाट छिनोफानो हुने दलको नेताका प्रत्याशी किरण गुरुङले बताए ।प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । दुवै नेताले आफू जित्ने दावी गरेका छन् ।