पोखरामा नवजात शिशु मृत अवस्थामा फेला ।

अपराध

पोखरामा नवजात शिशु मृत अवस्थामा फेला ।
जुन २० पोखरा :- पोखरा महानगरपालिका- १३ स्थित काहुँखोलामा नवजात शिशुको लाश फेला परेको छ ।केही दिन अगाडीको जस्तो देखिने पुरुष जातको शिशु मृत अबस्थामा काहुँखोलामा आज साझँ भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । खोलामा शिशुको लाश भेटिएको खबर पाए पछी प्रहरी घटना स्थल पुगेको र टोलीले शिशुलाई खोलाबाट निकालेको हो । नवजात शिशुलाई शिशुकी आमाले जन्मदिने बित्तिकै खोलामा फालेको हुनसक्ने स्थानियले बताएका छन्। यस बारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...