पोखरामा १६ जना नया कोरोना संक्रमित पुष्टि ,गण्डकी प्रदेशमा २४ जना संक्रमित।

स्वास्थ्य

पोखरामा १६ जना नया कोरोना संक्रमित पुष्टि ,गण्डकी प्रदेशमा २४ जना संक्रमित।
अगस्ट १९ पोखरा :- पोखरा महानगरमा १६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरको ७ नं. वार्डका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।निर्देशनालयका अनुसार वार्डका २३ देखि ४७ वर्ष उमेर समुहका १६ जना पुरुषमा बुधबार बेलुका कोरोना देखिएको हो । त्यसैगरी बुधबार बेलुका नै गण्डकी प्रदेशको बागलुङ जिल्लाका ८ वर्षीय बालक देखि ३४ बर्ष उमेर समुहका ५ जना पुरुष तथा १६ , २१ र ३५ बर्षीया ३ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।बुधबार बेलुका गण्डकीका २ जिल्लामा २४ संक्रमित थपिएका हुन् ।संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय १२ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...