पोखरा लेखनाथ महानगर पालिकाको नामबाट लेखनाथ हटाए ,अब पोखरामात्र हुने |

अन्य

पोखरा लेखनाथ महानगर पालिकाको नामबाट लेखनाथ हटाए ,अब पोखरामात्र हुने |
श्रावण २४ पोखरा :-पोखरा लेखनाथ महानगरपालिकाको नामवाट लेखनाथ हटाईएको छ । पोखरा महानगरपालिका मात्र हुने गरी औपचारिकता पाएको छ ।हिजो वुधवार वसेको मन्त्रीपरिषद्को वैठकले महानगरपालिकाको कार्यपालिकाले सिफारिस गरेवमोजिम पोखरा लेखनाथवाट लेखनाथ हटाएको हो । मन्त्रीपरिषद्ले लेखनाथ हटाउन गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वनमा जानेछ । महानगरको नगरसभाले सर्वसम्मत रुपमा लेखनाथ हटाउने प्रश्ताव पारित गरेको थियो । पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाउन माग भएवमोजिम महानगरले नगरसभावाट पारित गरेर कार्यपालिका वैठकवाट अनुमोदन गराएको थियो । एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...