नेसनल लाइफ इन्स्युरेन्सको न्युरोडमा नया शाखा विस्तार |
अन्यफेब्रअरी ८ काठमाडौँ :- नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौंको न्यूरोडमा शाखा विस्तार गरेको छ। बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले नयाँ शाखाको बुधबार उदघाटन गर्नु भएको थियो |शाखा उद्घाटन कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा न्यूरोड क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्यारउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताइन्।
कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रिमियम आर्जन भएको भन्दै उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१– ८० को उच्चतम बोनस दर कायम गर्न सफल रहेको उनले जानकारी दिइन्। कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईँले समग्रमा हेर्दा कम्पनीको लगानी र जीवन बीमा कोषको स्थिति राम्रो रहेको र कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी २ अर्ब रुपैयाँ पुग्ने बताए। चापागाईँले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन आवश्यक रहेको बताए। गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्चस्तरीय पढाईको लागि छलफल भैरहेको र यसका साथै सम्पूर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्थाको व्यवस्था गर्ने प्रयास भैरहेको पनि बताए। साभार :-बिज्मंडू