नेपाली कांग्रेसले भोलि चितवनमा बिरोध प्रदर्शन गर्ने |

राजनीति

नेपाली कांग्रेसले भोलि चितवनमा बिरोध प्रदर्शन गर्ने |
श्रावण १४ चितवन :-नेपाली काँग्रेस चितवनले मंगलबार बिरोध प्रदर्शनको गर्ने जनाएको छ ।ओली सरकार अधिनायकबाद तर्फ केन्द्रित भएको र जनताको प्रत्यक्ष सरोकारका विषयमा चासो नदिएको भन्दै काँग्रेसले देशव्यापी गर्न लागेको आन्दोलन अन्तर्गत चितवनमा गर्न लागिएको आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार भरतपुरको चौबिसकोठीबाट पुलचोकसम्म हुने प्रदर्शनमा १० देखि २० हजार जनता सडकमा उतार्ने तयारी गरिएको छ । काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीद्धारा सम्बोधन हुने सो सभालाई काँग्रेस चितवनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । काँग्रेसले सभामुख र उपसभामुख दुवै एउटै पार्टीको हुन नहुने, अघिल्लो सरकारले गरेको जनपक्षिय निर्णय कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु राख्दै मंगलबार देशैभर प्रदर्शन गर्न लागेको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...