नेपाल आदिवासी जनजाति महासंघ युएईले भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गर्दै ।

जनजाती बिशेस

नेपाल आदिवासी जनजाति महासंघ युएईले भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गर्दै ।
डिसेम्बर ३ मनु कोंमे तमु युएई :- नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले आउदो २० डिसेम्बर २०१९ शुक्रवार युएई स्थित दुबईको जाबेल पार्कमा सामुहिक भेटघाट तथा संयुक्त बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त सामुहिक भेटघाट तथा मनोरञ्जनात्मक बनभोज कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र आबद्ध एघार जातीय संस्थाहरु तमु समाज युएई , नेपाल मगर संघ शाखा युएई , तामाङ समाज युएई , किराँत राई यायोक्खा शाखा युएई ,किराँत याक्थुङ चुम्लुङ युएई ,शेर्पा किदुग युएई , नेवा: पुच: युएई, थारु कल्याणकारी सभा युएई,प्रवासी भुजेल समाज सेवा समिति युएई,प्रवासी नेपाल माझी समाज युएई र सुनुवार सेवा समाज शाखा युएईले संयुक्तरूपमा आयोजना गर्ने भएको छ। कार्यक्रममा विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत राखिएको छ भने सामुहिक भेटघाट तथा बनभोज कार्यक्रममा सहभागिताको लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले सम्पुर्ण युएईमा पेशा र व्यवसायी गरि रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...