नया शक्तिका पुर्व संयोजक मृत अवस्थामा फेला ,उनको हत्या भएको नया शक्तीको दावी |

राजनीति

नया शक्तिका  पुर्व संयोजक मृत अवस्थामा फेला ,उनको हत्या भएको नया शक्तीको दावी |
श्रावण २१ जुम्ला:- नयाँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापा मृत अवस्थामा फेला परेका छन् ।आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँडेका उनी जुगाड खोलामा मृत फेला परेका हुन् । उनको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हाल केन्द्रीय परिषद सदस्यसमेत रहेका बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले गरे । उनले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ । प्रहरीले सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । जुम्ला प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...