नवलपरासीमा रोकिराखेको २ ट्रकमा आगजनी |

अन्य

नवलपरासीमा रोकिराखेको २ ट्रकमा आगजनी |
श्रावण २९ चितवन :-पूर्वी नवलपरासीको गैँडाकोटमा रोकिराखिएकोे २ ट्रकमा आगलागी भएको छ ।भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...