मुक्तिनाथमा यात्रु बस दुर्घटना ३ जना ज्यान गयो ,१७ घाईते ।
अन्यजोमसोम देखि मुक्तिनाथ रुटमा चल्ने मुस्ताङ जीप तथा बस व्यवसाय समितिको उक्त बसले मुक्तिनाथ दर्शनगरी फर्किएका ३८ यात्रु लिएर जोमसोम तर्फ आउदै गरेको अवस्थामा अपराह्न ४ बजे ओरालोमा पल्टिएको हो ।घाईते भएका यात्रुलाई सदरमुकाम जोमसोम अस्पतालमा ल्याईदै गरिएको जिल्ला प्रहरी नायब उपरिक्षक रामहरि शर्माले बताए ।
कागबेनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि यो पहिलो बस दुर्घटना हो । यसअघि पनि सोहि स्थानमा दुर्घटना हुँदा ४ तीर्थ यात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।