मोरंगमा नक्कली फेसबुक आई डी बनाई ठगी गर्ने ८ जना पक्राउ ।

अपराध

मोरंगमा नक्कली फेसबुक आई डी बनाई ठगी गर्ने ८ जना पक्राउ ।
जनवरी २९ मोरंग :-फेसबुकमा नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने ८ जनालाई नगद रु ६७,९९,७५०।–(सरसठ्ठी लाख उनान्सय हजार सातसय पचास) सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेका छ ।फेसबुक नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने ८ जनालाई नगद रु ६७,९९,७५०।–(सरसठ्ठी लाख उनान्सय हजार सातसय पचास) सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ फेसबुकमा best buy Apple store, Bestelectronicsstoreshophome, Kmart electronics लगायतका बिभिन्न फेसबुक पेजहरू मार्फत बिभिन्न प्रकारका बिधुत्तीय समानहरु (Iphone, Samsung Mobile) जस्ता सामाग्रीहरू online बिक्री गर्ने भनि पेज खोली उक्त पेजमा बिक्रीका लागि राखिएका सामाग्रीहरू किन्ने उद्देश्यले कमेन्ट तथा म्यासेज गर्ने ग्राहकहरूलाई विभिन्न प्रलोभनमा पारी अफरमा महङ्गो सामानहरु सस्तो मुल्यमा बिक्रीको लागी राखिएको भनि भ्रममा पारी निजहरूलाई Whatsapp मार्फत म्यासेज गरी सामानको निश्चित मुल्यमा खरीद बिक्री गर्ने सहमती भए पश्चात ग्राहकहरूले उक्त सामान प्राप्त गर्न प्रतिमा पराजुली, गरिमा खड्का, छत्र कुमारी धमला लगायतका मानिसहरूको नामको नक्कली कागजातहरू सहित खोलिएको बैंक खातामा रकम जम्मा गर्न लगाई ग्राहकलाई सामाग्री नदिई सम्पर्क बिहिन भई सो खातामा जम्मा भएको पैसा निकाल्न विशाल अर्याल भन्ने निरंजन प्रसाद आचार्यले शिवजी खड्का, देवी चम्लागाई सरिता परियार लगायतका मानिसहरू लगाउने गरी ठगी कार्यमा संलग्न ८ जना मानिसहरूलाई पक्राउ गरी संगठित अपराधमा थप अनुसन्धान भई रहेको । पक्राउ प्रतिवादीहरू मध्ये विशाल अर्याल भन्ने निरंजन प्रसाद आचार्य यस अपराधको प्रमुख भई विभिन्न मानिसहरूको नागरिकताको फोटोकपि प्राप्त गरी उक्त नागरिकताको फोटोकपिको आधारमा बर्षा कार्की, लक्ष्मी कार्की, सानु गौतम लगायतका मानिसहरूलाई NIC ASIA बैंकको खाता खोल्दा रू २ हजार र अन्य बैंकको खाता खोल्दा १ हजार दिने सर्तमा विभिन्न बैंकहरूमा खाता खोली सोही खाता मार्फत ठगी कार्य गर्ने गरेको । उनीहरुको साथबाट बरामत भएका सामानहरु :- ने रु ६७,९९,७५०।–(सरसठ्ठी लाख उनान्सय हजार सातसय पचास) • ATM कार्डहरु :- ३७ वटा,(३२ वटा नेपाली ५ वटा भारतिय) • जम्मा चेकबुकहरु :- ५८ वटा , खाली चेकबुक १५ वटा । • निरंजन प्रसाद आचार्यको नामको सक्कलै नागरिकता प्रमाणपत्र थान १ • निरंजन प्रसाद आचार्यको नामको सक्कलै भारतिय आधारकार्ड थान १ • आयकर विभागबाट प्राप्त गरेको AXNPA2087R लेखिएको कार्ड थान १ भारतिय सवारी चालक अनुमति कार्ड थान १ • विराटनगर भन्सार कार्यालय सबारी साधनको अस्थायी पैठारी अनुमती पत्र थान-४० • भन्सार प्रज्ञापन पत्र काटिएको रसिद थान-६० खाली भान्सार प्रज्ञापन रसिद प्याड थान-१ • विभिन्न ब्यक्तिको नाम र फोटो परिवर्ता गरिएको नगरिकताको फोटोकपी ३७ थान • NTC को सिमकार्ड थान ७,Ncell को सिमकार्ड थान ११, भारतिय सिमकार्ड थान ७ गरी २५ थान सिम कार्ड । लगायतका अन्य सामाग्रीहरू बरामद भएको ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...