मनाङ्गमा हिमपातका कारण दुई तले घर भत्कियो |

अन्य

मनाङ्गमा हिमपातका कारण दुई तले घर भत्कियो |
फागुन १३ पोखरा ;-मनाङमा हिमपातका कारण एउटा दुई तले घर भत्किएको छ ।हिमपातका कारण आइतबार राती ङिस्याङ गाउँपालिका- ४ हुम्देका ६० बर्षीय क्यु छिरिङ गुरुङको घर भत्किएको हो । टिनको छानो तथा ढुङ्गा माटोले बनेको २ तले घर भत्किएर पुर्ण रुपले क्षतिग्रस्त भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए । घर धनि काठमाण्डौ गएको बेला परेकाले मानविय क्षति हुनबाट जोगिएको प्रहरी प्रवक्ता पुरीले जनाएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...