लम्जुङ्गमा पहिरो खसेर १८ घर पुरियो ,८० घर बिस्थापित।

अन्य

लम्जुङ्गमा पहिरो खसेर १८ घर पुरियो ,८० घर बिस्थापित।
जुलाई २२ लम्जुङ्ग :-लमजुङमा बुधबार बिहान खसेको पहिरोले १८ घर पुरिएका छन् ।जिल्लाको मस्र्याङदी गाउँपालिका–३ तल्लो टारीमा मंगलबार बेलुकादेखि खसेको पहिरोले १८ घर पुरिएको सहायक सिडिओ अनिल कुमार शाहीले समाधानलाई जानकारी दिए । उनले भने, ‘हिजो बेलुका नै स्थानीयहरु पहिरो खस्न थालेपछि सुरिक्षत ठाउँमा सर्नुभएछ । घर पुरिएका छन् । मानवीय क्षति भएको छैन ।’गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार अहिले उद्धारको काम भइरहेको छ । पहिरो खसेको ठाउँमा ८० घरधुरी रहेको उनले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...