क्यान्सर पिडित प्रिया गुरुङ्गको लागि इजरायलबाट आर्थिक सहयोग |
अन्य स्वास्थ्यजुलाई १८ तेल अविव :-गोर्खा जिल्ला घर भै पोखरा बसोबास गर्दै आएका सुर्य गुरुङ्गको छोरी बर्ष १९ कि प्रिया गुरुङ्ग क्यान्सर रोगी भएकोले उपचारको लागि अहिले राजिव गान्धी हस्पिटल देल्लीमा उपचार भईरहेको र वहाको आर्थिक स्थिति कम्जोर भएकोले सामाजिक संजालमा सहयोगको लागि अनुरोध गरेकोले ईजरायलबाट रुबी गुरुङ्गले आफ्नो सक्रियतामा चिनेजानेका साथीहरुसंग मिलेर ने रु ६३५५० (ने ,रु त्रिसट्ठी हजार पाँच सय पचास )संकलन गरि प्रिया गुरुङ्गको परिवारलाई पठाएको छ | रुबी गुरुंगले यो रकम उपचारमा पर्याप्त नभएपनि वहाहरुलाई सहयोग हुनेमा बिस्वस्त भएको बताएकी छिन |वहा लगायत रकम सहयोग गर्नु हुने सबैले सानो नानीको शिघ्र स्वस्थलाभको कामनापनि गरेको छ |