काठमाडौँको शेयर मार्केट भवनमा आगलागी |
अन्यफेब्रवरी २६ काठमाडौँ :-काठमाडौँ पुतलीसडक स्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान आगलागी भएको हो । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ,आगो नियन्त्रणमा आउन सकेको छैन ।
घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।