कतार सरकारले न्युनतम ज्यालादर तोक्ने घोषणा ।

विदेश

कतार सरकारले न्युनतम ज्यालादर तोक्ने घोषणा ।

अक्टुबर २६ दोहा :-कतारले श्रम सम्बन्धी कानुनमा सुधार गर्ने र न्यूनतम ज्यालादर निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ।सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकहरुको अधिकारको विषयलाई लिएर निरन्तर अन्तर्राष्ट्रिय निगरानी बढिरहेको छ।कतारको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को बैठक हुनुभन्दा एक दिन अघि आएको हो।आइएलओले कतारलाई आप्रवासी कामदारको शोषण अन्त्य गर्न चेतावनी दिएको थियो।कतारको कदमको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले पनि स्वागत गरेको छ।कतारले डिसेम्बर २०१६ मा 'कफाला' भनिने परम्परागत कडा श्रम नियम अन्त्य गर्ने घोषणा गरेको थियो।

:- भेदभाव नगरी सबै कामदारलाई न्यूनतम ज्याला ।

:-कतार छोड्न चाहने कामदारलाई रोजगारदाताले रोक्न नपाउने ।

:-सरकारले नै कामदारको परिचयपत्र जारी गर्ने ।

:-केन्द्रिय निकायले नै करार अनुसारको काम भए-नभएको अनुगमन गर्ने ।

:-कामदारहरुको समिति गठन गर्दै गुनासो सम्बोधनको व्यवस्था ।

qt

कतारमा १५ देखि २० लाखको हाराहारीमा भएका आप्रवासी कामदारहरु मध्ये अधिकांश एसियाली देशबाट आएका छन् र उनीहरु निर्माण क्षेत्रमा काम गर्छन्।सन् २०१३ मा प्रकाशित एक प्रतिवेदनले सन् २०२२ को विश्वकप खेल आयोजनामा काम गर्ने करिब १२ सय कामदारको मृत्यु भएको जनाएको थियो।

bbcnp


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...