कैलालीमा ने क पा विप्लव कार्यकर्ताले घरजग्गा कब्जा ।

राजनीति

कैलालीमा ने क पा  विप्लव कार्यकर्ताले घरजग्गा कब्जा ।
जुलाई ३१ कैलाली:-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको बौनियामा घरजग्गा कब्जा गरेको छ । सो पार्टीको जनपरिषद् नेपाल बर्दगोरियाले ४३ बिघा १७ कट्ठा जमिन कब्जा गरेको छ । त्यस्तै जमिन र घरमा झन्डा पनि गाडेको, कब्जा गरिएको जग्गामा पार्टीको ब्यानर टाँगिएको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा जग्गा कब्जा गरिएको नेकपाले जनाएको छ । राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिन र घर, देवबहादुर मल्लको ८ बिघा जमिन र घर, सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठा जमिन पनि जनपरिषद्ले कब्जा गरेको बताइएको छ । उक्त जग्गा सशस्त्र युद्धका बेला तत्कालीन नेकपा माओवादीले कब्जा गरेको थियो । विप्लव समूहले कब्जा गरेको उक्त जग्गामा टाँगिएको ब्यानरमा जग्गा बिक्री वितरणमा संलग्नलाई पार्टीले भौतिक कारबाही गर्ने चेतावनीपूर्ण सूचना राखिएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...