इजरायलमा पहिलो पटक KYC गीतकार अवार्ड २०१९ हुँदै, किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा सहभागी हुन अनुरोध ।

सिनेमा/मनोरन्जन

इजरायलमा पहिलो पटक KYC गीतकार अवार्ड २०१९ हुँदै, किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा सहभागी हुन अनुरोध ।
जुलाई ५ इजरायल :- किरात याक्थुङ चुम्लुङ इजरायलको योजनामा इजरायलमा पहिलो पटक गीतकार अवार्डको योजना गरिएको छ ।इजरायलमा विभिन्न कला ,संस्कृती ,साहित्यका क्षेत्रमा संघ सस्थाहरु रहे पनि यस प्रकारको कार्यक्रम भने पहिलो पटक आयोजना हुँदैछ । गीत संगीत र कला हाम्रो जिन्दगी हो, हामी मानब जिबनमा यहि गीत संगीत संगीतले कोलाहलमा कती समधुर छाएको हुन्छ, यहि गीत संगीतले जिउन सिकाएको हुन्छ , दुख -सुख, हासो रोदन, पीडा र संघर्ष जसरी जिन्दगीको गहनाहरु हुन त्यसरिनै गीतले त्यही कुराहरु गाइरहेको हुन्छ । जिन्दगीले गीत जन्माउछ अनि गीतले त्यही जिन्दगी गाउछ । यस्तो जिन्दगीलाई सजाइ रहने गीतको सृजना केवल गीतकारबाटै शुरु हुन्छ, तर जब गीत बन्छ गायक तथा संगीतकारको जस्तो उच्च सम्मान गीतकारको नभै गीतकार सधै ओझेलमा परेको देखिएकोले "किरात याक्थुङ चुम्लुङ इजरायल"ले गीतकारहरुको सम्मानार्थ ,हौसला र उत्प्रेरणाको लागि'' KYC गीतकार अवार्ड २०१९ ''आयोजना गर्न लागेको किरात याक्थुङ चुम्लुङ इजरायलका अध्यक्ष कुमार आङ्देम्बे (अबि)ले हामीलाई जानकारी दिनु भएको छ । गीतिलेखन बिधामा योगदान दिदै आउनु भएको अथवा भर्खरै गीतिलेखन शुरु गरि गीत संगीतको क्षेत्रमा रहनु भएका सम्पुर्ण श्रष्ठाहरु सर्जकहरु मध्येबाट उत्कृष्टको पनि सर्बोत्कृष्ट गीत , गीतकारलाई जुलाइ 12 तारिख शुक्रबार साझ बिजेता घोषणा गरि स-सम्मान अवार्ड प्रदान गरीने भएको छ । यसै सन्दर्भमा यो" किरात याक्थुङ चुम्लुङ इजरायल गीतकार अवार्ड २०१९" आयोजनाबाट पर्ने सकारात्मक तथा नकारात्मक असरको जिम्मेवारी नेपाल सरकार अथवा गीतकार संघ नेपाल अथवा कुनै अन्य संघ संस्था ,संगठन जवाफदेही, नभई आयोजक समितिनै पुर्णरुपमा यसको जिम्मेवारी लिने सर्तमा आयोजना गर्ने भएको छ । प्रवासभुमी इजरायलको काम तथा समयलाई मध्यनजर गर्दै" KYC गीतकार अवार्ड "को निम्ति आयोजकले केही आफ्नै नियम तथा परिधीहरु निर्धारण गरेको छ , जुन हाम्रो गीतकार ग्रुपमा रहेको छ , यदि यहाँहरु कोहि छुट्नु भएको छ र यस कार्यक्रममा सामेल हुन चाहनु भएको भए हामीलाई तुरुन्त सम्पर्क गरि गीतकार ग्रुपमा सामेल हुनुहुन पनि अनुरोध गरिएको छ ।

आयोजक:-किरात याक्थुङ चुम्लुङ इजरायल

स्थान :-यर्कोन पार्क तेल अभीव ( इजरायल ) मिती :-१२ जुलाई २०१९ समय :-१० बजे साँझ

 संम्पर्क : - कुमार आङ्देम्बे (अबि) 0543462324, राज आङ्देम्बे लिम्बु 0545246860


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...