इजरायलका नेपालीहरुले चर्चित लोक गायक कृष्ण कंडेल र लोक गायिका जेरीको साथमा भ्यालेन्टाइन मनाउने ।

सिनेमा/मनोरन्जन

इजरायलका नेपालीहरुले चर्चित लोक गायक कृष्ण कंडेल र लोक गायिका जेरीको साथमा भ्यालेन्टाइन मनाउने ।
फेब्रुवरी ५ फिष्टेल न्यूज:- सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलले भ्यालेन्टाइन्स नाईट सांगीतिक धमाका २०२० आयोजना गरेको छ ।सो कार्यक्रममा नेपालका प्रख्यात ABC टेलिभिजन मार्फत प्रशारण हुने टि भी शो इन्द्रेणीका प्रमुख निर्देशक ,सामाजिक अभियन्त, बरिष्ठ पत्रकार तथा चर्चित लोक गायक कृष्ण कंडेल तथा चर्चित दोहोरी गायिका बबिता बानिया (जेरी)को बेजोड प्रस्तुती रहने छ ।यस कार्यक्रमबाट हुने मुनाफा नेपालमा आर्थिक स्तर कम्जोर भई शिक्षाको अवसरबाट बञ्चित गरिव बालबालिकाहरुलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ । एभरेस्ट डिस्को हल (तखाना मार्कजित )मा भ्यालेन्टाइन विशेष तथा नेपाल भ्रमण बर्ष २०२० सास्कृतिक साझमा हुने कार्यक्रमको भिडियो इन्द्रेणी युट्युब च्यानलमा समेत रहने छ जसका लागि इन्द्रेणिका टेक्निसियन नबिन सिग्देल साथमा इजरायल आउने छन् त्यस्तै आमन्त्रित कलाकार साथै “रमाईलाे छ संसारका वाद्यवादक टिमको साथमा स्थानीय कलाकारहरुको साथमा उक्त कार्यक्रम लोक गीत संगीतमय हुने छ ।सो कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल बनाई दिनु हुन सम्पूर्ण इजरयालाबासी नेपालीहरुमा आयोजकले हार्दिक अनुरोध गरिएको छ । इजरायलमा क्रियाशील विभिन्न सस्थाहरु तथा इजरायली नागरीकहरु समेत सहभागी रहने उक्त कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धनलाई ब्यापक पार्ने उदेश्यका साथ १५ फेब्रुअरी २०२० शनिबार जेरुसलमको बेतलेखेम र संसारकै होचो स्थान मृत सागर (Death Sea ) नेपाल भ्रमण बर्ष २०२० लेखिएको प्रचारप्रसार सामग्री टिसर्ट, क्याप टोपी र नेपाली झण्डाको साथ प्रचारप्रसार गरिने तालिका रहेको आयोजक सलोम नेपाल मुभमेन्ट सोसाइटीले जानकारी दिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...