एम्बुलेन्स र ट्रक ठोकिंदा एकै परिवारका ५ सहित ७ जनाको मृत्यु ।

अन्य

एम्बुलेन्स र ट्रक ठोकिंदा एकै परिवारका ५ सहित ७ जनाको मृत्यु ।
डिसेम्बर १ गाईघाट :-गाईघाट गए राति १ः०० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरि पुरमा ए’म्बुलेन्स र ट्रक एक ठो’क्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवा’रका पाँच सहित ७ जनाको मृ’त्यु भएको छ । विराटनगर मोडल अस्पतालमा उपचार को क्रममा ७५ बर्सिया शिवमाया राईको मृ’त्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नं. को ट्रकले एम्बुलेन्समा ठ’क्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृ’त्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताउनुभयो । मृ’त्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृ’त्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई उद्धृढ गर्दै उहाँले बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...