एक्यापको बिरेथाटी चेक पोस्टमा स्थानीयले लगाएको ताला खुलाईएको छ |

अन्य

एक्यापको बिरेथाटी  चेक पोस्टमा स्थानीयले लगाएको ताला  खुलाईएको छ |
पुस ४ पोखरा :- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP)मा गत २३ गते देखि स्थानीयहरुले लगाएको ताला खुलाईएको छ । एक्याप(ACAP) प्रवेशमा नेपाली पर्यटकसँग शुल्क नलिने भएसँगै बिरेठाँटीको चेकपोष्ट रहेको एक्यापको कार्यालयमा लगाएको ताला हालै खोलिएको स्थानियले बताए । एक्याप र स्थानीयबीच भएको छलफलमा नेपाली पर्यटकसँग प्रबेश शुल्क लिन नहुने स्थानीयको अडान पुरा भएसँगै एक्यापको कार्यालयमा लगाइएको ताला खुलेको छ | नेपाली पर्यटकहरुसँग शुल्क लिएको बिरोधमा अन्नपूर्ण गाँउपालिकाको ६ देखि ११ सम्मका वडाबासिले गत मंसिर २३ गते बिरेठाँटीको चेकपोष्ट रहेको एक्यापको कार्यालयमा तालावन्दी गरेका थिए । सरकारले गरेको निर्णय बिरुद्ध एक्यापमा गरिएको स्थानीयको तालावन्दी नेपालीलाई शुल्क नलिने सर्तमा खुलेसँगै अब नेपाली पर्यटकलाई एक्याप क्षेत्रमा घुम्न कुनै समस्या नभएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए । सरकारले स्थानीयको सहमती विपरित उक्त निर्णय गरेको हुँदा स्थानिय आन्दोलित भएको उनले बताए । स्थानीय रुपमा संकलन भएको राजश्वको करिब ६० प्रतिशत स्थानिय विकासका पुर्वाधारमा खर्च गर्नुपर्ने प्रमुख कुँवरले माग गरे । एक्यापले नेपाली पर्यटकहरुसँग प्रबेश शुल्क लिएर आन्तरिक पर्यटनमा असर पार्ने गरी सरकारले गरेको निर्णय बिरुद्ध आफुहरु स्वत स्फुर्त रुपमा आन्दोलित हुनु परेको स्थानिय टेकबहादुर गुरुङले बताए । गुरुङकै संयोजकत्वमा संघर्ष समिति समेत गठन भएको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...