चितवनमा बस दुर्घटना १ जनाको मृत्यु ,१८ घाइते |

अन्य

चितवनमा बस दुर्घटना १ जनाको मृत्यु ,१८ घाइते |
जुलाई १ चितवन :-पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये १ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेहरुको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस सडक छेउमा पल्टिएको हो । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...