चितवनमा अनैतिक क्रियाकलापमा संग्लग्न २१ जना पक्राउ |

अपराध

चितवनमा अनैतिक क्रियाकलापमा संग्लग्न २१ जना पक्राउ |
मे १९ चितवन :-चितवन प्रहरीले पूर्वी चितवनको भण्डाराबाट अनैतिक क्रियाकलापमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज (शनिबार) अपरान्ह भण्डारास्थित एवान कटेजबाट ५ जना महिलासहित २१ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी ढकालले उनीहरुलाई भरतपुर ल्याईएको थप अनुसन्धान भईरहेको नारायणी अनलाईनलाई जानकारी दिनुभयो । डिएसपी ढकालले धेरै ठाउँबाट सो कटेजमा हुने अनैतिक कार्यबारे जानकारी आएकोले आज छापा मारेर नियन्त्रणमा लिईएको बताउनुभयो । “हामीले शंकास्पद अवस्थामा रहेका २१ जनालाई नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान पछि सबै कुराहरु खुल्नेछन्”–डिएसपी ढकालले भन्नुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...