भरतपुर क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा.श्रेष्ठ भ्रस्टचारी ठहर |

अपराध

भरतपुर क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा.श्रेष्ठ भ्रस्टचारी ठहर |
कार्तिक १३ चितवन:- भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले डा. श्रेष्ठलाई पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी प्रमाणित गरेको हो । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो । विशेष अदालतले श्रेष्ठ विरुद्ध १ वर्ष कैद तथा १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । २०५४ सालमा विशेषज्ञ चिकित्सकको रुपमा क्यान्सर अस्पताल प्रवेश गरेका श्रेष्ठ २०६४ देखि २०६७ सम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए । अस्पतालमा प्रवेश गरेदेखि सेवामा रहँदासम्म श्रेष्ठले अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ फागुन २०७२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । श्रेष्ठले पदमा रहँदा १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ अवैध रुपमा आर्जन गरेको अख्तियारले अभियोग लगाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...