बाबुराम र नारायणकाजी गोरखाबाट चुनाव लड्ने ।
राजनीतिदुवै नेताहरुको घर भने क्षेत्र न.२ मा नै पर्छ । डा.बाबुराम भट्टराईले दोस्रो संबिधान सभाको चुनाबमा पनि क्षेत्र न.१ बाटनै चुनाब जितेका हुन् ।एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेल भएपछि बाबुराम भट्टराई सूर्य चिन्ह लिएर चुनाव लड्ने लागेका हुन् ।
तर वाम गठबन्दनकाे दल नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा प्रत्यक्ष तर्फ यादव वस्नेतको नाम सर्वसम्मत सिफारीस भएको छ । अागामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले गोरखाले प्रत्यक्ष र समानुपातिक तर्फको उमेदवार सिफारीस गरेको छ ।एमाले जिल्ला कमिटिले प्रतिनिधि सभा र प्रदेशमा सभामा चुनाव लड्न आकांक्षा देखाउनेको नाम प्रदेश कमिटिलाई सिफारीस गरेको एमालेले जनाएकाे छ ।