बारा पर्सामा हावाहुरीबाट २५ जनाको मृत्यु ,नाइट भिजन हेलिकप्टर तयारी अवस्थमा ।

देश

बारा पर्सामा हावाहुरीबाट २५ जनाको मृत्यु ,नाइट  भिजन हेलिकप्टर तयारी अवस्थमा ।
अप्रिल १ काठमाडौं :- आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु भएको छ । हावा हुरीका कारण घर भत्किनुका साथै बिजुलीका पाेल ढलेर २५ जनाको मृत्यु भएको जनाइएकाे छ ।हावाहुरीले बारासहितका जिल्लामा ठूलो क्षति भएपछि सरकार उद्दारमा जुटेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई पनि आह्वान गरेका छन् । उनका अनुसार काठमाडौंको एयरबेसमा नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । भोलि विहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा छ । प्रधानमन्त्रीले भनेकाछन भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलि कप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा”नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...