बाग्लुङ्ग मेलाबाट फर्केका युवती सामुहिक बलात्कारको शिकार |

अपराध

बाग्लुङ्ग मेलाबाट फर्केका युवती सामुहिक बलात्कारको शिकार |

मार्च ३० पोखरा:-पर्वतमा १ किशोरीको सामुहिक बलात्कार भएको छ । पर्वतको छमर्केमा मेला भर्न गएर फर्किदै गरेकी १६ बर्षीय किशोरीलाई लिफ्ट दिने बाहानामा होटल पुर्‍याई सामुहिक बलात्कार गरिएको हो। सँगै रहेकी किशोरीकी साथी भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न पक्राउ परेका हुन् ।

पर्वत प्रहरीका अनुसार बलात्कारमा संलग्न कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ मेलमिलाप चोकका सुजल श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार बिहीबार राति पीडित युवतीसँगै अर्की युवती बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए । त्यहीँ क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आइपुग्छ र कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्दै कुश्मा ४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउस’ मा लगेर मदिरा सेवन गरी युवतीलाई पनि खुवाएर जबरजस्ती गरेको बुझिएको छ |

उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

साभार :-पोखरा पीस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...