अमेरिकामा फ्लोरेन्स नामक आँधीबाट १३ जनाको ज्यान गयो |

विदेश

अमेरिकामा फ्लोरेन्स नामक आँधीबाट १३ जनाको ज्यान गयो |
भदौं ३१ अमेरिका:- फ्लोरेन्स नामक शक्तिशाली आँधीका अमेरिकाको नर्थ र साउथ क्यारोलाइना राज्यमा हालसम्म १३ जनाको ज्यान गएको छ । अमेरिकी अधिकारीहरुका अनुसार पश्चिमतर्फ अघि बढ्दै गरेको आँधीले अरवौं डलर क्षती पुगेको छ । नर्थ क्यारोलाइनाको बेर्न शहरमा झण्डै १५० जना घरभित्र फसिरहेको अनुमान सहित उद्धारको काम भैरहेको छ । शक्तिशाली हावा र पानी मिश्रित आँधीले सयौँ वर्ष पुराना रूखहरू ढालिदिएको छ । आँधीको गति बिस्तारै कमजोर हुँदै गए पनि विध्वंस जारी छ। फ्लोरिडास्थित मारिओन काउन्टी विमानस्थलमा कैयौँ हवाईजहाज र हेलिकोप्टरहरूमा पनि आँधीले क्षति पुर्याएको छ । आँधीका कारण हजारौ घर डुवानमा छन् । लाखौ मानिस घर छाडेर सुरक्षित स्थानमा आश्रय लिइरहेका छन् । सरकारले आँधी प्रभावित क्षेत्रका झण्डै १७ लाख मानिसलाई सुरक्षित स्थानमा अपिल गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...