अमेरिकामा ५८ जना मानिसको गोली हानी हत्या गरेका बन्दूकधारी दयालु ,स्नेही र शान्त स्वभावका थिए ।

अन्य

अक्टुबर ०५ लास भेगस:-अमेरिकाको लास भेगसमा ५८ जना मानिसको गोली हानी हत्या गरेका बन्दूकधारीले के योजना बनाइरहेका थिए भन्ने आफूलाई कुनै जानकारी नभएको उनकी महिला मित्रले बताएकी छन्।बन्दूकधारी स्टिभन प्याडक एकजना शान्त, दयालु र स्नेही व्यक्ति भएको उनकी महिला मित्र मेरिलु ड्यान्लेले एउटा वक्तव्यमा उल्लेख गरेकी छन्। प्याडकले एउटा सांगीतिक कार्यक्रममा गोली चलाएका बेला ड्यान्ले फिलिपिन्समा थिइन्।

अमेरिका पुगेपछि उनीसँग संघीय जाँच ब्यूरो एफबीइले सोधपुछ गरेको थियो।अनुसन्धानकर्ताहरुले घटना गराउनुका पछाडि बन्दूकधारीको आशय बुझ्न उनीमार्फत मद्दत पुग्ने आशा लिएका छन्। प्रहरीले प्याडकले ‘गोप्य जीवन’ बिताइरहेको धारणा सार्वजनिक गरेको केही घण्टापछि ड्यान्लेको प्रतिक्रिया आएको छ।

‍आधुनिक अमेरिकाको इतिहासकै एउटा भयावह गोलीकाण्ड उनले किन गराए भन्ने अझै खुलेको छैन। एफबीआइले अहिलेसम्म घटनाको सम्बन्ध आतंकवादसँगको रहेको तथ्य फेला नपरेको बताएको छ।अधिकारीहरुले प्याडकले आफैमाथि गोली चलाउनुको साटो भाग्ने योजना बनाइरहेको हुनसक्ने बताए पनि त्यसबारे विस्तृत विवरण दिएका छैनन्।बिदा मनाउन फिलिपिन्स गएकी ड्यान्लेले त्यहाँबाट आफै फर्किएपछि बुधबार एफबीआइसँग कुरा गरेपश्चात प्याडकले गरेको ‘वर्णन गर्न नसकिने भयानक हिंसा’ बाट स्तब्ध भएको उल्लेख गरेकी छन्।

अमेरिकी अधिकारीहरुले आफ्नो अनुसन्धानमा उनलाई सन्दिग्ध व्यक्तिको रुपमा लिएको र घटना लगत्तै उनीसंग सम्पर्क गरेको जनाएका छन्।प्याडकले ड्यान्ले फिलिपिन्समा रहेका बेला घर किन्न भन्दै उनलाई १ लाख अमेरिकी डलर पठाएका थिए। ड्यान्लेले भनिन्, “म आभारी थिए, तर इमान्दारीपूर्वक भन्दा त्यो मबाट छुट्टिने उपाय हो भन्ने मेरो चिन्ता थियो।”प्याडकले कसैकाविरुद्ध हिंसाको योजना बनाइरहेको कुरा आफूले कहिल्यै नचिताएको उनको भनाइ छ। आक्रमणमा ५ सयभन्दा बढी मानिस घाइते भएका थिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...