गुरुङ भाषाको लेखाइमा एकरुपताको प्रयास ,गुरुङ भाषाको लेखन शैली ।

मूलबासि /भूमिपुत्र

गुरुङ भाषाको लेखाइमा एकरुपताको प्रयास ,गुरुङ भाषाको लेखन शैली ।
जुन ३० पोखरा फिष्टेल न्यूज :- गुरुङ समुदायमा बोलिने भाषा जसलाई तमु क्युइ अर्थात गुरुङ भाषा भनिन्छ जस्को लेखाईमा एकरुपताको प्रयास अहिलेको साझा एजेन्डा बनेको छ । राष्ट्रिय जनगणना बर्ष बि.सं. २०६८ अनुसार नेपालमा १२३ राष्ट्रिय भाषा रहेको तथ्या फेला परेको छ जस मध्येको गुरुङ भाषाको कहि कतै लिखित दस्तावेज, गुरुङ (तमु) खेगीहरुद्वारा बाचन गरिने प्ये आर्थात मौलिक शास्त्रमा भएको पाइए पनि एकरुपतामा भने अझै स्पष्ट आउन सकेको छैन । यस अर्थमा पनि गुरुङ भाषाको लेखाइमा एकरुपताको प्रयासः “गुरुङ भाषाको लेखनशैली” समय सामयिक देखिन्छ । मान्छेको महत्वपूर्ण आविष्कार मध्ये भाषाको आविस्कार नै सवैभन्दा अगाडि आउछ । भाषाद्वारा मान्छे सम्पूर्ण ज्ञान र विज्ञानको ढोका खोल्न समर्थ हुन्छ । हाम्रा पुर्खाहरुको ज्ञान अहिले हामी तुलना गर्नसम्म पनि सक्दैनौं । त्यतिबेला उनीहरुसंग ज्ञानको भण्डार थियो विज्ञान थिएन । मान्छेका पुरुषार्थ, अनुभव, विचार साटासाट गर्ने माध्यम भाषा नै हो । भाषाद्वारा नै एक पुस्ताको उपलव्धि आर्को पुस्तामा हस्तान्तरण गर्न सकिन्छ । गुरुङ भाषा गुरुङ जातिको आफ्नो पहिचान पनि हो । पहिचान बोकेको भाषाको लिखित रुप नहुनु वा लेखनशैलीमा एकरुपता हुन नसक्नुले उक्त भाषाको स्तरीयता, स्थायित्वमा सवाल उठ्छ । कथ्य अर्थात बोलाईमा मात्र भाषा सिमित रहन पुग्दा भाषाको बक्ता हुँदासम्म जीवित रहला तर बोल्न सक्नेहरुको संख्या हराउदै जाँदा अन्ततः उक्त भाषा पनि लोप हुने खतरामा पुग्छ, हाल त्यही अवस्था देखिएको छ । राष्ट्रिय जनगणना बर्ष बि.सं. २०६८ अनुसार गुरुङ जातिको जनसंख्या ३,२५,६२२ जना देखिएको छ त्यसमध्ये करिब ३७ प्रतिशतले मात्र गुरुङ भाषा बोल्न सक्ने एक अध्ययनले देखाएको छ, लिखित रुप दिन नसकेकै कारण, लेखन शैलीमा एकरुपता हुन नसकेको कारण पनि गुरुङ भाषा लोपोन्मूख हुदैछ, मुखले मात्र बोलिने गुरुङ भाषा अन्य भाषाको अतिक्रमणमा पर्दै गएको छ । यसर्थ भाषा उच्चारण गर्दैमा मात्र बचाउन सकिदैन भन्ने माथिको तथ्यांकले पनि प्रष्ट पार्दछ । गुरुङ भाषाको लेखनशैली मातृभाषा केन्द्र नेपाल र एस आइ एल इन्टरनेसनल नेपालको संयुक्त पहलमा काठमाडौंमा मिति २०७३ साल माघ १२ देखि १५ गतेसम्म संचालित कार्यशालामा तयार गरिएको छ । त्यतिबेला गुरुङ भाषा नेपालभित्र स्याङ्जा, कास्की, लमजुङ, तनहुँ, गोरखा, मनाङ, पर्वत, आदि क्षेत्रहरुमा बोलिने र बसाइँ सराइको क्रममा काठमाडौं, चितवन, भैरहवा, बुटवल आदि क्षेत्रहरुमा समेत बोलिने सहभागिले बताएका छन् । पछि २०७४ साल श्रावण महिनाको १४ गते पोखाराका क्षेत्रीय समाजहरुको ४८ जना प्रतिनिधिहरुको उपस्थितिमा गुरुङ भाषाको लेखनशैली पुनवरालोकन कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ र हाल हिमाली आदिवासी समाज नेपाल र तमु धिं नेपालको सहयोगमा साथै तमु प्ये ल्हु संघ केन्द्रीय समिति लगायतका संघ सस्थाको सहभागितामुलक कार्यक्रम कास्की, स्याङ्जा, तनहूँ, लमजुङ, मनाङ, आदि जिल्लाहरुमा नेपाल भरीमा तालिम प्राप्त प्रशिक्षित ४ जना सहजकर्ताहरुबाट प्रशिक्षण तथा अन्तक्रिया गोष्ठि संचालनमा छ । भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका गुरुङहरु माझ पनि पुग्नेछ, सुझाव संकलन गरिदै आएको पनि छ । जुनै भाषा व्याकरणले समयसापेक्ष परिमार्जनको माग गर्छ । गुरुङ भाषीहरुको सल्लाह, सुझाव अनुसार गुरुङ भाषाको लेखनशैलीमा मानकिकरण गराउन यस अभियानको शुरुवात गरिएको छ । यस लेखनशैलीको प्रयोगले गुरुङभाषीहरु बीच लेखाइमा एकरुपता ल्याउने साथै सबै गुरुङ भाषीहरुलाई पठन पाठनमा उत्साहित बनाउने आशा गरिएको छ । साथै नेपाली भाषामा लेखपढ गरिरहेका तथा गुरुङ भाषामा सजिलो गरी लेखपढ गर्न चाहनुहुने जिज्ञासु व्यक्तिहरुलाई सहयोग पुग्ने र अन्त्यमा लेखनशैलीलाई सक्दो सहज बनाई गुरुङ भाषीहरुका लागि औपचारिक तथा अनौपचारिक शिक्षामा पठनपाठन गर्नसक्ने बनाउने उद्देश्य लिएको छ । नेपालको आन्तरिक संविधान २०६३ को धारा १७ को (१) अनुसार प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ । त्यसैगरी सोही धाराको (३) ले नेपालमा बासोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्याता र सम्पदाको संरक्षण सम्वर्धन गर्ने हक हुने उल्लेख गरेको छ । नेपालको संविधान २०७२ को भाग १ को धारा ७ को (२) ले नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने भनी उल्लेख छ । कानुनमा व्यवस्था गरिएका कुराहरुको सदुपयोग गर्दै भाषा बिकासको माध्यामबाट समुदायलाई प्रगतितिर डो¥याउने गतिविधिहरु सम्मानजनक मानव गतिविधिहरु हुने पुस्तक प्रकाशकको तर्फबाट मातृभाषा केन्द्र नेपालका निर्देशक सुशिल सुब्बा बताउनुहुन्छ । शुद्ध लेखनशैलीका उल्लेखित मान्यताहरुलाई ध्यानमा राखी गुरुङ भाषाको लेखनशैली तयार पारिएको छ । उच्चारण सही प्रतिनिधित्व गर्नुपर्ने, लेखनशैलीमा एकरुपता, सिक्नको लागि सजिलो, सुविस्ता÷सहजता साथै स्वीकार्य र सहमतिपूर्ण हुनुपर्ने मान्यता राख्दछ । गुरुङ भाषाको लेखनशैलीमा के उल्लेख छन् ? लेखनशैलीमा अर्को महत्वपूर्ण विषय वर्ण निर्धारण प्रक्रिया पनि हो । भाषा बिज्ञानमा उच्चारणमा सबभन्दा तल्लो विभेदक, भिन्नता दर्साउन सक्ने ध्वनी साथै उच्चारण हुने वर्णहरुको प्रतिनिधित्व गर्ने लेख्य चिन्हहरुलाई वर्ण भनिन्छ । आफ्नो भाषालाई लेख्ने र पढ्ने, पढ्न र लेख्न अप्ठ्यारो भएको कुराहरु पत्ता लगाउने, अप्ठ्यारो कुराहरुको बिकल्पहरुको छलफल, केही बिकल्पहरु छानेर प्रस्तावित गर्ने, प्रस्तावित कुराहरुलाई समुदायमा जाँच गर्ने, जाँचको नतिजालाई ध्यानमा राखेर त्यसलाई अन्तिम रुप दिने यस कार्यक्रममा गरिदै आएको छ । सुन्ने श्रोता वा पाठकसम्म वोधगम्य बनाउन व्याकरण अर्थात लेखनशैलीले सहयोग पु¥याउछ । बैज्ञानिक रुपमा भाषालाई नियमित र परिस्कृत गर्नुनै व्याकरण अर्थात लेखन शैलीको उद्देश्य रहन्छ । परम्परागत नेपाली वर्णमाला देव नागरी लिपिमा आधारित लेख्यचिन्हरु स्वर ८ वटा भने व्यञ्जन २९ वटा यस गुरुङ भाषाको लेखनशैली पहिलो संस्करण २०७४ मा समावेश गरिएका छन् । व्यञ्जन वर्ण अनुसारको गुरुङ भाषामा प्रयोगमा आउने मोटो स्वर, हलन्तको प्रयोग, व्यञ्जन वर्णहरुको जोडाई वा संयुक्त अक्षर, “र” को प्रयोग, चन्द्र बिन्दु र शीरबिन्दुको प्रयोग साथै स्वर वर्णहरुको इ–कारको प्रयोग साथै उ–कारको प्रयोगबारे उल्लेख गरिएको छ । गुरुङ भाषाको लेखनशैलीमा आगन्तुक शब्दहरुको लेखनशैली, विभक्ति र निपातको प्रयोग, नाम वा सर्वनाम शब्दसंग आउने विभक्तिहरु, क्रियारुपावली, विराम चिन्हरुको प्रयोग, आदि समावेश गरिएका छन् । मौलिक गुरुङ (तमु) भाषा गाँउ, ठाँउ, डाँडा, खर्कमा बोलिने लवज, शब्दमा विद्यमान विविधतता रहनु यस्को विशेषता नै हो । अतः माथि उल्लेखित विषयहरुलाई मध्येनजर राख्दै कथ्यरुपमा रहेको जुनसुकै स्थानमा जसरी बोलिने गरेको भएपनि गुरुङ (तमु क्युइ) भाषालाई लिखित रुप दिएर लेखनशैलीमा एकरुपता गर्दै अर्को पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण यस कार्यमा भित्र मनैदेखि उत्साहित रही लागी पर्नु अवको आवस्यकता रहेको छ । लेखक:- बुद्धि च्हम्रु तमु –लेखक तमु प्ये ल्हु संघ केन्द्रीय समितिका सचिव हुनुहुन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...