बिप्लवको घरमा पक्राउ पुर्जी टासे कुनै पनि समय पक्रिन सक्ने |

राजनीति

बिप्लवको घरमा पक्राउ पुर्जी टासे कुनै पनि समय पक्रिन सक्ने |

मार्च १ काठमाडौँ :-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध कपिलवस्तु प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।चन्दमाथि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ओसारपसारको मुद्दाको कसुरमा भोजपुर जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले पुर्जी जारी गरेको हो । विप्लवको जन्मस्थान रोल्पाको इरिवाङ भए पनि हाल उनको ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका १ मा पर्छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नेता विप्लवलाई तुरुन्त पक्राउ गरेर जानकारी दिन प्रहरी कार्यालय चनौटालाई निर्देशन दिएको छ । चन्दको चन्द्रौटास्थित घरमा पक्राउ पूर्जी टाँसिएको छ ।नयाँ सरकार गठन भएपछि मात्रै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र केन्द्रीय नेता पदम राईसहित दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...