नेपाली कांग्रेसका केन्द्रिय सदस्य खड्कालाई उपचारको लागि भारत लगियो |
राजनीतिफेब्रअरी १८ काठमाडौँ :- बिहीबार बाथरुम जाँदा लडेपछि बिरामी परेका कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई आइतबार थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।खड्कालाई बिहान ११ः४० मा नेपाल एयरलाइन्सबाट अक्सिजन ग्याससहित नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लागिएको हो ।
मिर्गाैलामा खराबी देखिएपछि फेरेका खड्कालाई युरिक एसिड रोगसमेत छ । अचानक समस्या देखिएपछि उपचारका लागि बिहीबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला फेरेका खड्का नियमित जाँचका लागि गइरहन्छन् ।