माओबादी केन्द्रका राष्ट्रिय सभा सदस्यहरुको नामको टुंगो लागेयो |
अन्यजनवरी २३ काठमाडौँ :- नेकपा माओवादी केन्द्रले पार्टीबाट राष्ट्रिय सभा सदसयका लागि उम्मेद्वारको नाम टूंगो लगाएको छ ।माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमति अनुसार १४ सिट भाग परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्ष तीन नेताको आज बसेको बैठकले राष्ट्रिय सभा सदस्यका नाम टुंगो लगाएको हो ।
माओवादी केन्द्रको ७ प्रदेशका इन्चार्जसहितको शीर्ष नेताहरुको सोमबारको बैठकले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठ र बादललाई उम्मेदवारको नाम छनोट गर्ने जिम्मा दिएको थियो ।माओवादीले प्रदेश नं ३ को खुलातर्फबाट पार्टीका वरिष्ट नेता रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाउको छ ।माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामवली :-
प्रदेश नं १ १. बीना पोखरेल (महिला)प्रदेश नं २
२. शशिकला दाहाल (महिला)३. टुङ्गो लगाउन बाँकी
प्रदेश नं ३४. रामबहादुर थापा ‘बादल’ (खुला)
५. गंगा पराजुली (महिला) प्रदेश नं ४६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बि।क। (दलित) प्रदेश नं ५८. राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)
९. चन्द्र बहादुर खड्का (खुला) प्रदेश नं ६१०. जीवन बुढा (अल्पसंख्यक र अपाङ्ग)
११. युटुल लामा (महिला)१२. कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं ७१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)