सोनाम ल्होछार भोलि भब्य रुपले मनाउदै ,नेपाल सरकारको सार्बजनिक बिदा घोषणा |
मूलबासि /भूमिपुत्रजनवरी १७ काठमाडौँ :-बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ । तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै देश बिदेशमा(मन्जुश्री सम्बत) नगि ल्हो २८५४ औँ सोनाम ल्होछार मनाउँदैछन् ।