सिलिन्डर बम राखेको आरोपमा बिप्लोपका कार्यकर्ता पक्राउ |
अपराधजिल्ला सेक्रेटरीलाई मंगलबार पक्राउ गरेको र अन्य ७ जना कार्यकर्ता बालकृष्ण अधिकारी, लोकेन्द्र राई, सोमनाथ अधिकारी, सरोज मुराउ, सरोज खत्री, जीवन क्षेत्री र टंक खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए ।
सोमबार सस्तो बजारमा राखिएको सिलिन्डर बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो । आगो निभाउन प्रयोग हुने ग्यासको सिलिन्डर र मोटरसाइकलको ब्याट्री जडानगरी बम तयार पारिएको थियो ।यसअघि सस्तो बजारलाई लिएर निकै विवाद भएको थियो । वायु सेवा निगमले उक्त जग्गा टेन्डर खुलाएर नयाँ कम्पनीलाई दिएपछि विवाद भएको हो । नयाँ कम्पनीलाई दिएपछि त्यहाँ व्यवसायीले अन्दोलनसमेत गरेका थिए ।
तर नयाँ कम्पनीले पुरानो संरचना भत्काएर नयाँ निर्माण गरेको छ । त्यहाँ रहेको व्यवसायीलाई नेत्रबिक्रम चन्द (विप्लप) माओवादीले समर्थन गर्दै आएपनि अन्दोलन असफल भएको थियो ।