सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन
देश स्वास्थ्यसरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएकोहो ।
विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको जनाएको छ ।
सो रसायनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा प्रयोग नगर्न र उत्पादन तथा विक्री वितरण अबिलम्ब रोक्का राख्न विभागले सूचित गरेको छ ।