कार्यकर्ता रिहाको माग राख्दै नेपाली कांग्रेसले आज बाँके बन्द ,जनजीवन प्रभावित ।

राजनीति

कार्यकर्ता रिहाको माग राख्दै नेपाली कांग्रेसले आज बाँके बन्द ,जनजीवन प्रभावित ।
नोभेम्बर १५ नेपालगञ्ज:-तरुण दलका नगर सभापति सन्दीपजंग शाहसहित ४ जनालाई हतियारसहित पक्राउ गरेर हिरासतमा राखेको विरोधमा तरुण दलको अगुवाईमा नेपाली काँग्रेसले बाँके बन्द गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले हतियार राखेर फसाएको दावी गर्दै आएको तरुण दलले निरन्तर आन्दोलन गर्ने क्रममा बाँके बन्द गराएको हो । कांग्रेस नेता तथा कार्यकर्ताहरुले यातायात र बजार बन्द गराउदै हिँडेका छन् । शैक्षिक संस्था, कलकारखाना बन्द नै रहेका छन् ,बजारका चोकचोकमा बसेर कांग्रेसका कार्यकर्ताहरुले मोटरसाइकल र अटोरिक्सासमेत बन्द गराएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...