चीनले नेपाललाई तीन बर्ष भित्र ५६ अर्ब रुपियाँ सहयोग गर्ने ।

अन्य

चीनले नेपाललाई  तीन बर्ष भित्र ५६ अर्ब रुपियाँ सहयोग गर्ने ।
अक्टुबर १३ काठमाडौँ :-चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले मुख्य समाचार बनाएका छन् । सीले सम्बोधनका क्रममा नेपालीको भूपरिवेष्टित मूलकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ । दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्ने सीको भनाइ रहेको छ । सीले बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले दहरसम्भव साथ–सहयोग दिने उल्लेख गर्दै केरुङ–काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि जनाएको, नेपाल अब भूपरिवेष्ठित रहन्न भनेर सीले व्यक्त गरेको भनाइलाई नै जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने दुईपक्षीय वार्तामा दर्जन बढी सम्झौता र सहमतिमा हस्ताक्षर हुने अन्नपूर्णलेछ । समाचार अनुसार सीले ३ वर्षभित्र करिब ५६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ,भने ब्यापारीहरुले चीनमा नाकाहरुमा सहज प्रवेश पाउनु पर्ने माग राखेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...