घान्द्रुकबाट पक्राउ परेका विप्लवका ९ जना कार्यकर्ता पुनः पक्राउ ।

राजनीति

घान्द्रुकबाट पक्राउ परेका विप्लवका ९ जना कार्यकर्ता पुनः पक्राउ ।
जुन १४ पोखरा :- गएको शनिबार घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका ९ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेकाे छ ।न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई छाड्न आदेश दिए पनि पक्राउ पर्ने डरले बार एसोसियसनको कार्यालयमा शरण लिएर बसेका थिए । अदालतको बाहिरी गेटनजिकै प्रहरीका ५ वटा भ्यान तैनाथ राखिएको र सादा पोसाकका प्रहरी अदालत परिसर र वरिपरि देखिएपछि उनीहरु असुरक्षित महसुस गर्दै बाहिर निस्कन सकेका थिएनन् । मानव अधिकारकर्मी, कानुन व्यवसायी र सञ्चारकर्मीको उपस्थितिमा उनीहरु बारको हलमा छिरेका थिए । दर्जनौ प्रहरीले अदालतलाई घेरा हालेर रातको १२ बजेसम्म बसिरहे पनि अन्तिममा बारको कार्यालय खोलेर ९ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबै विप्लव समर्थित विद्यार्थी संगठनका नेता हुन् । पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारी आक्रोशको तर्फबाट पृथ्वीराज भण्डारीले गैरकानूनी तरिकाले पक्राउ गरिएको भन्दै जेठ २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुलाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएपछि जेठ २७ गते नै बन्दीप्रत्यक्षीकरण रिट दायर भएको हो उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले ९ जनालाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । उक्त दिन पक्राउ परेकामध्ये बाँकी ९ जनाको हकमा सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका मुद्दा शाखाका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।             साभार ;-समाधान  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...