बारा र पर्सा क्षेत्रमा विनाशकारी हावाहुरीबाट भएको क्षति संरचना निर्माणमा सहयोग गर्न अनेरास्ववियु कास्कीले अभियान शुरु गरे।

अन्य

बारा र पर्सा क्षेत्रमा विनाशकारी हावाहुरीबाट भएको क्षति संरचना निर्माणमा सहयोग गर्न अनेरास्ववियु कास्कीले अभियान शुरु गरे।
अप्रिल ०३ पोखरा :- बारा र पर्सामा विनासकारी हावाहुरीबाट क्षति पुगेका संरचना निर्माणमा अनेरास्ववियु कास्कीले अभियान शुरु गरेको छ ।सो अभियान अन्तर्गत अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम को नेतृत्वमा १५ जना विद्यार्थीको टोली आज प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । टोलीले बारा र पर्सामा विद्यालय र घरहरु पुर्नर्निमाण गर्ने जनाएको छ । टोलिमा जनप्रिय, भानुभक्त र शहीद कृष्ण क्यामप्सका विद्यार्थी सहभागि छन् । सो टोलीलाई आज गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले पुर्ननिर्माणका लागि आवश्यक गैँची, बेल्चा तथा औजार दिएर बिदाइ गरे । सांसद गुरुङले दुःखको यस घडिमा नेकपाले आवाहन गरेको बिपत्ति ब्यबस्थापनमा अनेरास्ववियु कास्किले अग्रसरता देखाएकोमा खुशी व्यक्त गर्दै बिपद पहिल्यै जानकारी गराएर नआउने हुदा सबै सुरक्षित रहन आग्रह गरे । अध्यक्ष गौतमले टिम १० दिन प्रभावित स्थलमा रहेर जनताको काम गर्ने बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...