सम्झना युवा क्लवको रजत जयन्ती भव्य रुपले सम्पन्न ।

अन्य

माघ ४ फिष्टेल न्यूज पीम गुरुङ स्यांग्जा, स्याङ्जाको विरुवा गाउँपालिका-७ स्थित सम्झना युवा क्लवले भव्यताका साथ रजत जयन्ती मनाएको छ । क्लवले वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता र विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रुपले रजत जयन्ती मनाएको हो ।
पुष २६ गते वडा-७ का वडाध्यक्ष मेखराज गुरुङले समुद्घाटन गर्नुभएको भलिबल प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाका दर्जन बढि टिमको सहभागिता रहेको थियो । मंगलबार सम्पन्न प्रतियोगिताको उपाधी विरुवा गाउँपालिका-७ ले जितेको छ । उपाधीसँगै वडा नं. ७ ले १ लाख १२ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरे । प्रतियोगितामा हरिनास गाउँपालिका-५ उपविजेता बनेको छ । उपविजेता बनेको हरिनास-५ ले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल हात पारे ।सेमिफाइनलको यात्रा तय गरेका वालिङ नगरपालिका-१२ र अर्जुनचौपारी गाउँपालिका-१ ले समान रुपमा २५/२५ हजार रुपैयाँ नगद प्राप्त गरे । विरुवा-७ का जीवन गुरुङ सर्वोत्कृष्ट खेलाडी चुनिए ।
माघ १ गते सोमबार आयोजित मुल समारोहको उद्घाटन बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवँरले गर्नुभएको थियो । रजत जयन्तीको समापन भने माघ २ गते मङ्गलबार स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्लवका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा लोक तथा दोहोरी गायक गायिकाहरु जुना श्रीस मगर, सबिना गुरुङ, उषा गुरुङ, नेत्र गुरुङ, रोशन गुरुङ, पुर्ण गुरुङ, विजय रनपाल लगायतले प्रस्तुती दिनुभएको थियो । यसैगरि नायिका तथा मोडल ईना गुरुङ, एस के डान्स ग्रुपसँगै स्थानीय कलाकारहरुको प्रस्तुती रहेको क्लवका उपाध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । यसका साथै कार्यक्रममा गुरुङ समुदायको सँस्कार सँस्कृतिमा आधारित घाँटु लगायतका मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...