भारतमा १५ दिनमै १० लाखभन्दा बढी कोरोना संक्रमित थपिए

स्वास्थ्य

भारतमा १५ दिनमै १० लाखभन्दा बढी कोरोना संक्रमित थपिए
भारतमा पछिल्लो १५ दिनमा नै कोरोनाभाइरसका १० लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्। प्रत्येक दिनजसो संक्रमितको संख्या बढिरहेको छ। भारतमा कूल संक्रमितको संख्या ३६ लाखभन्दा बढी भइसकेको छ। तीमध्ये २७ लाख ७२ हजार निको भएका छन्। अहिलेसम्म ६४ हजार ६१७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो १५ दिनमा १४ हजार ५२५ जनाको मृत्यु भयो। नौ लाख चार हजार ९६४ जना संक्रमणमुक्त भए। संक्रमणमुक्त हुनेको संख्या पनि धेरै हुँदा १५ दिनमा ९६ हजार सक्रिय संक्रमित थपिएका छन्। विगत २४ घन्टामा भने अहिलेसम्मकै सबैभन्दा बढी ७९ हजार ४५७ नयाँ संक्रमित फेला परेका छन्। शनिबार ७८ हजार ४७९ संक्रमित भेटिएका थिए। आइतबार ६० हजार ४०८ जना संक्रमित अस्पतालबाट बिदा भए। त्यस्तै पछिल्लो २४ घन्टामा ९६० जनाको मृत्यु भयो।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...