प्रधान मन्त्रि केपी ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुके,सामाजिक संजालमा बिरोध।
अन्यपुष २७ फिष्टेल न्यूज पोखरा :-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरे । राष्ट्रियसभाको बैठकमा सदस्यहरुले राख्नुुभएको जिज्ञासाको जवाफ दिँदै उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूूमा बहुुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह पनि गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एउटै पार्टीको बहुुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुुरुप नै मेरो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’’
सरकारकोे सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’’
यसै क्रममा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुकेका छन् । आइतबार राष्ट्रिय सभामा सम्वोधनका क्रममा उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।
भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोष्टममा थुकेका हुन् ।
आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाएर राष्ट्रिय सभामा सम्वोधनका लागि प्रधानमन्त्री ओली राष्ट्रिय सभा पुगेका थिए ।