नेशनल लाईफ इन्स्योरेन्सले मृत्यू दाबी बापत २ लाख भुक्तानी गर्यो।
अन्यपुष २६ फिष्टेल न्यूज पोखरा :-नेशनल लाईफइन्स्योरेन्स कम्पनीले मादी गाऊ पालिका वडा न ८ ,निवासी स्व. सिता गरुङ को मृत्यू दाबी भुक्तानी गरेको छ । मादी गा पा ८ नागिधार मा आयोजित एक कार्यक्रम मा सबुपोखरी साना किसान शहकारी सस्था का अध्क्षय श्री यज्ञ माया गुरुङ ज्यू ले कम्पनी ले प्रदान गरेको रु २ लाख को चेक मृतक को छोरी बृशिका गरुङ लाई हस्तान्तरण गर्नु भयो।
उक्त्त कार्यक्रममा बोल्दै कम्पनी का लेखनाथ शाखा प्रमुख छबिलाल पौडेल ले स्व सिता गरुंग ले ४ बर्स अगाडी आफु संरक्षक भै छोरी बृशिका को रु २ लाख को १५ बर्से बाल अमृत बिमा गराउनु भयको मा बिमा गरेको ४ बर्स पछी संरक्षक सिता गुरुङ को क्यान्सर को कारण निधन भयको ले बच्चा लाई पालन पोषण को लागि पहिलो किस्ता बापत रु २ लाख कम्पनीले प्रदान गरेको जानकारी गराऊनू भयो। साथै अब को ११ बर्स बच्चा ले तिर्नु पर्ने बिमा शुल्क समेत मिन्हा भयको र को बिमा शुल्क कम्पनीले तिरिदिने साथै बिमा सकिनु २ बर्स अगाडी ५० हजार ,१ बर्स अगाडी ५० हजार , र बिमा अबधी सकिदा रु १ लाख र १५ बर्स सम्म को बोनस पनी बच्चा ले प्राप्त गर्ने जानकारी गराउनु भयो।
उक्त कार्यक्रममा का प्रमूख अतिथी सबुपोखरी साना किसान सहकारी संस्था लिमिटेड का अधक्ष्य यज्ञ माया गरुङ र कम्पनी का बिजनेश अफिसर गंजमान गुरुङ,केश बहादुर गरुङ ज्यू ले बिमा सुख दुख को साथी भयकोले सबै लाई बिमा मा सहभागि हुन अनुरोध गर्नु भयो।