”नया बर्ष २०८१ सांगीतिक साँझ ”मा राष्ट्रिय ख्याती प्राप्त दोहोरी श्याम राना/गायिका एलिना चौहान इजरायल आउने।

अन्य

फागुन २२ फिष्टेल न्यूज तेल अभिव,इजरायलमा नेपाली ''नया बर्ष २०८१ सांगीतिक साँझ'' नेपालबाट आमन्त्रित प्रख्यात कलाकारहरुको साथमा भब्य रुपले मनाउने भएको छ । नेपाल मगर संघ शाखा इजरायलको आयोजना हुने भनिएको सो कार्यक्रममा प्रख्यात् चर्चित राष्ट्रिय लोक दोहोरि गायक श्याम राना मगर ,राष्ट्रिय चर्चित गायिका एलिना चौहान ,गायक गगन पुनको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ।अप्रिल १२ शुक्रबार इजरायल तेल अभिव स्थित हगाना १३५ मा रहेको हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी तिब्र रुपमा भैरहेको, नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष सुर्य बहादुर राना मगरले जानकारी दिनु भएको छ । स्मरण रहोस नेपाल मगर संघ शाखाले स्थापना काल देखि नै यस्ता विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।नया बर्ष २०८१ को उपलक्ष्यमा हुने सो सांगीतिक साँझको लागि सम्पूर्ण इजरायलबासी ,सङ्गीत प्रेमी तथा संघ ,सस्थाहरुमा मगर संघ शाखा इजरायलको तर्फबाट अर्को समानान्तर कार्यक्रम नगरिदिन अनुरोध पनि गर्नु भएको छ ।संघले नया बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा तथा सांगीतिक साँझमा लोक दोहोरि गायिका श्याम राना ,वर्तमान अवस्थामा चर्चित गीत धोकेबाज हौ तिमि , कट्टा हान्दिन्छुकि गायिका एलिना चौहान संग नाच्न मनोरंजन गर्न इजरायलमा रहनु हुने नेपाली /नेपालीभाषी सम्पूर्णलाई सहभागीका लागि समयमा नै आफ्नो सिट बुकिङ्ग गरि भब्य मनोरंजनको अवसर नगुमाउनु हुन आयोजक संघले सम्पूर्णमा अनुरोध गरेको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 4.50)
Loading...