कुन टिम बलियो ? दुई च्याम्पियनको फाईनल यात्राबारे जानौँ ।

खेलकुद    विदेश

कुन टिम बलियो ? दुई च्याम्पियनको फाईनल यात्राबारे जानौँ ।
एजेन्सी । जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा हुने अन्य राष्ट्रको लिगको टोलीलाई पन्छाउदै यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएका छन् । यि दुई टोलीबीचको फाइनल आज राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । बायर्न ११औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएका हुन् । बायर्नले फ्रेन्च क्लब लियोनलाई तथा पीएसजीले जर्मन क्लब आरबी लाइप्जिगलाई समान ३–० ले हराउँदै फाइनलमा स्थान बनाएका थिए । यस्तोमा पीएसजी पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुँदा बायर्न छैटौपटक च्याम्पियन बन्ने योजनामा हुनेछ । दुवै टोली च्याम्पियन्स लिग उपाधिसहित सुखद अन्त्य गर्ने सुरमा हुनेछन् । उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । बायर्नको फाइनल यात्रा समूह चरण रेडस्टार बेलग्रेडविरुद्ध (३–०) , टोटेनहमविरुद्ध (७–२), ओलम्पियाकोसविरुद्ध (३–२), ओलम्पियाकोसविरुद्ध (२–०), रेडस्टार बेलग्रेडविरुद्ध (६–०), टोटेनहमविरुद्ध (३–१) प्रि–क्वाटरफाइनल चेल्सीविरुद्ध (३–०), चेल्सीविरुद्ध (४–१) क्वाटरफाइनल बार्सिलोनाविरुद्ध (८–२) सेमिफाइनल लियोनविरुद्ध (३–०)

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...