काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एकहप्ता थप्ने तयारी

देश

काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एकहप्ता थप्ने तयारी
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । भोलि मध्यराति १२ बजेसम्म कायम निषेधाज्ञा एकहप्ता थप्ने तयारी गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञाको विषयमा समीक्षा भइरहेको जानकारी दिइन् । निषेधाज्ञा थप्ने विषयमा भोलिसम्म तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठक बसेर निर्णय गर्ने उनको भनाइ छ । भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा १० गते एकहप्ताका लागि थपिएको थियो । भोलि सकिने निषेधाज्ञा पनि फेरि एकहप्ता थप्नेगरी छलफल चलिरहेको छ । काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेसँगै निषेधाज्ञासहित अन्य कुन कुन पक्षमा कडाइगर्ने भन्ने विषयमा पनि भोलि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले निर्णय गर्नेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...